भीम मुक्तेश्वर मन्दिरको तकती अजिमाको मूर्ति गायब

भीम मुक्तेश्वर मन्दिरको तकती अजिमाको मूर्ति गायब

काठमाडौंको कालिमाटी नजिकैको भीम मुक्तेश्वर मन्दिरमा रहेको तकती अजिमाको मूर्ति गए राति चोरिएको छ । चोरी भएको २४ घण्टासम्म पनि मूर्तिको अवस्था अज्ञात रहेको बताएको प्रहरीले मूर्ति चोरको खोजी भइरहेको जनाएको छ ।

विष्णुमती किनारमा रहेको उक्त मन्दिर क्षेत्र नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको अन्त्येष्टि गरिएको स्थान हो । मन्दिरभित्र रहेको तकती अजिमाको मूर्तिलाई नेवार सम्प्रदायले निकै श्रद्धापूर्वक पूज्दै आएका थिए ।

जीर्ण मन्दिर विगत लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बताइन्छ । काठमाडौंमा मात्रै २९ वटा अजिमाको मन्दिर र मूर्ति छन् ।

टिप्पणीहरू