सर्वोच्चका मुख्य रजिस्ट्रारलाई ७२ घण्टे पुर्जी
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई खटाएको ठाउँमा तीन दिनभित्र जान कामु प्रधान न्यायाधीश दिपक कार्कीले पुर्जी काटेका छन् ।
यसअघि पाटन उच्च अदालतको न्यायाधीशमा सरुवा गरिएका कुँवरले तलको पदमा जान अस्वीकार गर्दै आएका थिए । कायममुकायम प्रधानन्याधीशको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले गरेको निर्णयलाई चुनौती दिँदै उक्त निर्णय गरेपछि केही समय डेड लकको अवस्था थियो ।
मुख्यसचिव सरहको मुख्य रजिष्ट्रारलाई उच्चको मुख्य न्यायाधीश नबनाइएकोमा कुँवरको असन्तुष्टिलाई निकट विगतका नजिरहरुको आधारमा पनि अस्वाभाविक मानिएको थिएन ।
टिप्पणीहरू