यता १८ अर्बको घोषणा, उता दलालका मान्छेको थपना
हिजो नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । कम्पनीको १४ औं साधारणसभाले उक्त प्रस्ताव पारित गर्दा नगर्दै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको रिक्त प्रबन्ध निर्देशकमा विवादास्पद उम्मेदवार सुनिल पौडेललाई नियुक्त गरेको छ ।
विवादास्पद छविका बिचौलिया दिपक भट्टका उम्मेदवार पौडेललाई एमडी नियुक्त गर्न कम्पनीको निर्देशिका नै संशोधन गरिएको थियो । उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनलाई उक्त पद पनि अघिल्लो ओली सरकारले दिएको हो ।
टिप्पणीहरू