एमालेले भन्यो : सरकार नालायक,अर्थमन्त्री निकम्मा
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सरकार र अर्थमन्त्रीविरुद्ध प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरमा सशक्त प्रदर्शन गरिने संघले जनाएको छ ।
युवा संघले मूल्यवृद्धि, महंगी र आर्थिक संकटमा वर्तमान सरकारको भूमिका नालायक देखिएकाले विरोध कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ ।
संघले गभर्नर निलम्बन गर्ने,अवैध ४० करोड रुपैयाँ मिलाएर गुपचुप पार्न खोज्नेलगायतका कार्य गरेकाले अर्थमन्त्री जनार्दन शर्मालाई निकम्मा भनेको हो ।
टिप्पणीहरू