आज जम्मा ४ जना संक्रमित, १२ गुणा निको

आज जम्मा ४ जना संक्रमित, १२ गुणा निको

पछिल्लो २४ घण्टामा मुलुकभर चार जना कोरोना संक्रमित भेटिएका छन् । दुई हजार सात सय ४० जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै पाँच सय ९२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं र भक्तपुरमा संक्रमित थपिएका छैनन् । ललितपुरमा एक जना भेटिएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९३ रहेको छ । भक्तपुरमा दुई र ललितपुरमा ८२ जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू