सिटिइभिटीको निर्णय देखेर विद्यार्थीहरु भड्किए
प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् सिटिईभिटीले एउटै परीक्षाका निम्ति दुई छुट्टाछुटटै् परीक्षा केन्द्र तोकेको पाइएको छ । आगामी चैत्र ३० र वैशाख २ गतेबाट सञ्चालन हुन लागेको डिप्लोमा लेभलको चौथो र छैठौँ सेमेस्टरको परीक्षाका लागि सिटिइभिटीले होम र आउट सेन्टर गरी छुट्टाछुट्टै परीक्षा केन्द्र तोकेको हो ।
सिटिईभिटीले भखरै प्रकाशन गरेको परीक्षा केन्द्रमा कुनै शैक्षिक संस्थालाई होम र कुनै संस्थालाई आउटमा राखिएको छ । यता, परीक्षार्थीले कि सबै परीक्षा होम वा सबै आउट सेन्टरबाट गर्नुपर्ने माग राख्दै आएका छन् । परीक्षा जसरी पनि सञ्चालन गर्नुपर्ने र सबैको एकै ठाँउमा हुनुपर्नेमा उनीहरुको जोड छ ।
पछिल्लो समय सिटिइभिटीले पठनपाठनलाई लिएरसमेत हेलचेक्रयाइ गरिरहेको विद्यार्थीहरुले बताएका छन् । तीन वर्षमा पुरा हुनुपर्ने कोर्स चार वर्षमा पनि नसकेको उनीहरुको आरोप छ । प्राविधिक शिक्षालाई जोड दिऊँ, रोजगारमुलक शिक्षा उत्पादन गरौं भन्ने सिटिईभिटीले ठ्याक्कै त्यसको उल्टो काम गरिरहेको छ । एउटा कोर्सको लागि पाँच–छ वर्ष लगाउँदा आफूहरु मारमा परेको उनीहरुको भनाइ छ ।
सिटिइभिटीले सरकारले निर्धारण गरेकोबाहेक अतिरिक्त शुल्क पनि असुल गरेको पाइन्छ । दुःखजिलो गरेको पैसाले छोराछोरीलाई ठूलो मान्छे बनाउँला भन्ने बाबुआमाको सपनामा सिटिईभिटीले पानी हालेको आरोप छ । साथै,आधा कोर्स पढाइ हुन बाँकी हुँदा पनि परीक्षा लिइरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
तीमध्येका एकजना विद्यार्थीले भने,‘ आधा कोर्स बाँकी हुँदा पनि परीक्षा लिने सुरसार गरिएको छ । तर, परीक्षाभन्दा पनि ठूलो समस्या नतिजा प्रकाशनमा छ’ ती विद्यार्थीले भने । यसअघि लिइएका परीक्षाको नतिजा प्रकाशनमा समेत गम्भीर लापरबाही भएको विध्यार्थीहरु बताउँछन् ।
सिटिइभिटी रोजगारमूलक शिक्षा उत्पादन गर्ने संस्था नभई पैसा लुट्ने संस्था भएको बताइएको छ । अहिले यसले पढाउनुको साटो विभिन्न बहाना बनाई अतिरिक्त रकम असुल्ने काम मात्र गरिरहेको तिनै विद्यार्थी दावी गर्दछन् । जसका कारण मारमा परेका विद्यार्थीहरुले न्यायका लागि माग गर्दै आएका छन् ।
डेढ महिना पढाएर पुरै शुल्क असुल्दा आफूहरुमाथि अन्याय भएको उनीहरुको ठहर छ । पीडितलाई थप पीडा दिने काम नगर्न उनीहरुले सुझाएका छन् । अब पनि यस्तो काम गरेमा यसबाट हुने क्षतिको जिम्मेवार सिटिइभिटी नै हुने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू