बिदेशी मिसनले महिला कर्मचारी खोज्यो

बिदेशी मिसनले महिला कर्मचारी खोज्यो

युनाइटेड मिसन टु नेपाल युएमएनलाई महिला कामदारको खाँचो परेको छ । उसलाई एक–एक जना वित्त संयोजक र विपद् प्रतिक्रिया व्यवस्थापन प्रबन्धकको खाँचो परेको हो । प्रशासक र वित्त सेवाहरु प्रदान गर्नु वित्त संयोजकको मुख्य जिम्मेवारी रहेको युएमएनले जनाएको छ । यसका निम्ति बिजनेस स्टडिज वा वाणिज्यमा स्नातक डिग्री हासिल गरेको हुनुपर्नेछ । त्यसैगरी,गैरसरकारी संस्थामा तीन वर्ष काम गरेको अनुभव,लेखा र किताब राख्ने र प्रशासनिक व्यवस्थापनमा ज्ञान भएकालाई प्राथमिकता दिने भनिएको छ ।

वित्त संयोजक बन्नका लागि इन्भेन्टरी र स्टक व्यवस्थापन,पारस्पारिक लेखन,प्रस्तुति र कम्प्युटर राम्ररी चलाउने खुबी हुनुपर्ने युएमएनको भनाइ छ । नेपाली र अंग्रेजी दुवै फरर लेख्न र बोल्न सक्नेलाई जोड दिने युएमएनले बताएको छ । यसका लागि उसले आकर्षण तलबभत्ता दिने जानकारी दिएको छ । त्यस्तै,विपद् प्रतिक्रिया तथा व्यवस्थापन प्रवन्धकका लागि एकजना महिलाको खोजी गरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारलाई व्यवस्थापन प्रवन्धकमा प्राथमिकता दिने जनाइएको छ । सबै कर्मचारी र साझेदारहरुलाई नेतृत्व र समग्र व्यवस्थापनलाई अघि बढाउने क्षमता भएकाले रिक्त पदका लागि आवेदन दिन सक्नेछन् ।

विपद् जोखिम न्यूनीकरणको अनुभव, ठूलो स्तरको प्रकोपको आपतकालीन प्रतिक्रिया व्यवस्थापन,मानवीय सहायता र प्रतिक्रिया, संगठनात्मक तयारी र जोखिम व्यवस्थापन प्रक्रियामा अनुभव भएकासंग आवेदन माग गरिएको छ । विशेषगरी उत्तरदायी भूमिका निर्वाह गर्न सक्ने यो पदका लागि उत्तम हुने युएमएनको भनाइ छ । शैक्षिक योग्यताका हकमा हेर्ने हो भने विपद् व्यवस्थापन वा विकास अध्ययनमा स्नातकोत्तर पुरा गरेको हुनुपर्ने बताइएको छ । प्रकोप राहत,प्रतिक्रिया, र रिकभरी परियोजनाहरूमा एक वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । ठूला समूहसंग काम गर्न क्षमता भएकालाई कामका लागि डाकिएको छ ।

तर,हाल यो विज्ञापनलाई देखेर धेरैले टिकाटिप्पणी गर्न थालेका छन् । यो पदका लागि दुवै महिला नै किन ? भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ । रोजगारीका लागि मागेको जति योग्यता र क्षमता आफूसंग पनि भएको पुरुष उम्मेदवारहरुको भनाइ छ ।यसबाट पुरुष उम्मेदवारहरुले आफूहरुमाथि विभेद भएको बताएका छन् । यता,युएमएनले भने संस्थामा महिला र पुरुषको संख्या बराबर बनाउन उक्त दरखास्त आह्वान गरिएको बताएको छ । हाल संस्थामा महिलाभन्दा पुरुष कर्मचारी बढी भएको बताइन्छ । तर, युएमएनले संस्थामा कति पुरुष र महिला छन् यसको तथ्यांक खुलाउन चाहेन ।

टिप्पणीहरू