हतियारको कुरा जो छ हजुर
भनिन्छ नि, ‘कुहिएको राशन र थोत्रिएको हतियार– मान्छेको ज्यान जान यत्ति काफी हुन्छ !’ अहिले सशस्त्र प्रहरीलाई सेनाले यस्तै व्यवहार गरेको छ– गत हप्ता उसलाई थोत्रा हतियार उपहार दिएर, आफूले नयाँ हतियार किन्ने वातावरण बनाएर !
सेनाले अस्तिदेखि घर गएका सशस्त्र आईजी शैलेन्द्र खनाललाई ५ सय थान इन्सास र ९० नाल लाइट सपोर्ट वेपन्स (एलएसडब्ल्यु) दिएको छ ।
आफ्ना लागिचाहिँ सरकारसँग भारी रकम लिएर उस्तै अत्याधुनिक हतियार खरिद गर्नका लागि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका भाइ लोकेन्द्र र दिपक भट्टका दाजुभाइ सक्रिय बनाइएका छन् ।
उनीहरूले सेनाका लागि कोरियाको केटु सिरिज किनाएर करोडौं कमिशन लिइसके । नयाँ हतियार किन्नका लागि भएको हतियार सकिएको वा काम नलाग्ने भएको हुनुपर्छ ।
त्यसका लागि सेनाले कहिले सशस्त्रलाई त कहिले प्रहरीलाई हतियार दिने गरेको छ । उसले यसअघि नेपाल प्रहरीलाई पनि १३ हजार थान इन्सास दिएको छ ।
एम १६ देखि द्वन्द्वकालमा देउवा नै प्रधानमन्त्री हुँदा बेल्जियममा उत्पादित अत्याधुनिक मिनिमी राइफल किन्न रुचाउने सेनाले जनयुद्धताका प्रहरीका नाममा गृह मन्त्रालयसँग १७ करोड रूपैयाँ लियो, तर हतियार दिएन ।
त्यसबेलाका सेनापति थिए, प्रज्वलसमशेर राणा । हतियार नदिने सेना, डोल्पाको दुनै आक्रमण गरेर माओवादीहरू सकुशल बाटो लागेबापत सजायँ पाउनेचाहिँ गृहमन्त्री गोविन्दराज जोशी र प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल !
भिडाउने गिरोहले प्रहरीलाई ‘अत्याधुनिक’ भन्दै म्याग्नम हतियार दियो । तर, त्यो कस्तो घातक थियो भने, रोल्पा, रुकुमतिर फायर खोल्नासाथ गोली निशानामा नलाग्ने, सबै बाहिर छरिएर सखाप हुने !
उता, जातेजाते सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालले पैसाप्रतिको आशक्ति झल्किने गरी लेखाका इन्स्पेक्टरलाई अचम्मैसँग नम्बर दिएर बढुवा खुवाए । १० नम्बरका डिएसपी गणेश मल्ललाई उनले एक नम्बरमा तानेर बढुवा दिएका हुन् ।
टिप्पणीहरू