यस्ती दुष्चरित्रालार्ई कसरी श्रीमती मान्ने ?

यस्ती दुष्चरित्रालार्ई कसरी श्रीमती मान्ने ?

प्रेमी वा प्रेमिकाले धोका दिएर अरुसँगै प्रेम वा यौन साइनो जोड्छन् भने पहिलेको प्रेम सम्बन्ध स्वतः टुटेर जान्छ । बिहेमा यस्तो हुने कि नहुने ? विवाह पनि त विश्वास र प्रेमले नै टिक्ने सम्बन्ध हो । अझ यौन बन्धन पनि हो ।

आफ्नी श्रीमती कुनै परपुरुषसँग प्रेम र यौनमा लिप्त हुन्छे भने श्रीमानले उसलाई आफ्नी श्रीमती होइन भन्न पाउने कि नपाउने ? अरुसितैको प्रेम र सहवासमा रमाउने महिलालाई कसरी आफ्नी पत्नीको दर्जा दिइरहन सकिएला र ? अझ यहाँ महिलाले नाठोबाट सन्तान समेत जन्माएकी बताइन्छ । यतिविघ्न भएर पनि महिलाले श्रीमानबाट अंश हत्याउन बल गर्दै अदालतमा अनेक मुद्दा हालेकी छन् ।

चितवनको राप्ती नगरपालिका बस्ने कृष्ण अधिकारी (परिवर्तित नाम) र राधा सेढाईं (परिवर्तित नाम) बीच दुई दशकअघि बिहे भएको हो । उनीहरुको दाम्पत्यबाट एउटा छोरा जन्मिएपछि पति सन् २००७ मा वैदेशिक रोजगारीको सिलसिलामा दुबई गए ।

२००९ मा फर्किंदा श्रीमतीसँगको सम्बन्ध सुमधुर नै थियो । पति फेरि २०१२ मा कतार उडे । त्यसपछि भने श्रीमतीको बानीमा परिवर्तन हुन थाल्यो । श्रीमानको फोन नउठाउने, उठाए पनि रिसाएर कुरा गर्ने, अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने र ‘अब मलाई फोन नगर’ सम्म भन्न थालिन् ।

कारण थियो, अर्कै पुरुषलाई महिलाले उपपति बनाउनु । राप्तीकै उप्रेती थरका एक पुरुषसित आफ्नी श्रीमती नाजायज सम्बन्धमा छिन् भन्ने सुनेपछि कृष्ण विदेशको कामधन्दा छोडी सन् २०१९ मा नेपाल आए । १९ सेप्टेम्बरमा घर आइपुग्दा श्रीमती घरमा थिइनन् ।

भोलिपल्ट मात्र घर आएकी पत्नीसँग किन यस्तो गरेको भनी सोधखोज गरे । तर, राधाले उल्टै अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्दै सिसाको गिलास फुटाएर उनलाई हिर्काइन् । सो क्रममा ’गुण्डा लगाई तँ र तेरो परिवारको ज्यान लिन्छु’ भन्ने धम्कीसमेत राधाले दिएको कृष्ण बताउँछन् ।

‘खर्च कटाएर विदेशमा मासिक तीनलाख कमाउथेँ’, कृष्ण भन्छन्, ‘कमाएको पैसा घर परिवारका अरुलाई नपठाएर राधालाई नै पठाउने गर्थें ।’ यता राधाचाहिँ त्यस उप्रेती पुरुषसँग मोजमस्ती गर्दै हिँडेको देख्ने प्रत्यक्षदर्शी छन् ।

ती उप्रेती युवक र राधाले सँगै खिचेका फोटो र उनीहरुबीच म्यासेन्जरमा भएको कुराकानीसमेत भेटिएको छ, जसमा एकार्कालाई मेरो बुढो, मेरी बुढी भन्दै कृष्णको ज्यान लिनेसम्मको कुरा भएको देखिन्छ ।

महिलाले यसैवर्ष अदालतमा आफूविरुद्ध अंश र जालसाजी मुद्दा हालेपछि कृष्णले प्रतिउत्तर लेखेर दिइसकेका छन् । महिला र उप्रेतीले सँगै खिचेका फोटो र उनीहरुबीच म्यासेन्जरमा भएको कुराकानीको प्रिन्टसमेत प्रमाणको रुपमा पेश गरिएको छ ।

यसरी आफूलाई छल गरी नाठो राखेर हिँड्ने महिला अब आफ्नी श्रीमती नहुने कृष्णको तर्क छ । चितवन जिल्ला अदालतमा अहिले यो मुद्दा विचाराधीन अवस्थामा छ । हेरौं, श्रीमानबाट कस्तो न्याय हुने हो !

सम्पूर्ण महिलाहरुको संरक्षणको लागि नेपालको कानुन महिलामैत्री छ । तर, त्यसको सदुपयोग हुनुपर्नेमा केही महिलाहरुबाट दुरुपयोग भइरहेको अर्थात् दुष्कर्म तथा विसंगतिमा लागेर उनीहरुले आफ्नो घरपरिवारलाई नै ध्वस्त बनाइरहेको अधिवक्ता रामकृष्ण अधिकारी बताउँछन् । त्यसैले यस्ता मुद्दा दर्ता गर्नुभन्दा पहिले नै महिलाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको अधिवक्ता अधिकारीको भनाइ छ ।

– अजय गोर्खाली

टिप्पणीहरू