राजधानीका पार्टी प्यालेस र क्याम्पस राजनीतिक कार्यक्रमले भरिभराउ

राजधानीका पार्टी प्यालेस र क्याम्पस राजनीतिक कार्यक्रमले भरिभराउ

नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान र आगामी स्थानीय तहको निर्वाचन सम्बन्धी कार्यक्रम गर्न राजनीतिक दल र तिनका नेता तथा कार्यकर्तालाई भ्याइनभ्याइ भएको छ । आज पनि राजधानीका पार्टी प्यालेस, क्याम्पस र सभाहलहरुमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

नेकपा (माओवादी केन्द्र) शैलुङ्ग–काठमाडौं सम्पर्क मञ्चले बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यमा प्रशिक्षण भेला तथा नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रम आज बिहान बानेश्वर क्याम्पस, शान्तिनगरमा भएको हो ।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बृहत झापाली वनभोज, नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । बिहान ८ बजेदेखि दिनभर हुने उक्त कार्यक्रम पञ्चदेवल पिकनिक स्थल, गोदावरीमा भइरहेको छ ।

नेपाल सुशासन पार्टीको जिल्ला कार्य समिति काठमाडौंले उम्मेदवार घोषणा तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान भएको उक्त कार्यक्रम गोकर्णेश्वर–८, माकलबारी, सानोपुलमा भएको हो ।

नेकपा (एमाले) सिन्धुली–काठमाडौ सम्पर्क मञ्चले बृहत् कार्यकर्ता भेला आज बिहान १० बजेदेख गौरीशंकर पार्टी प्यालेस, कोटेश्वरमा बोलाएको छ ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको एकीकरण हुँदैछ । बिहान १० बजेदेखि राष्ट्रिय निजामती कर्मचारी संगठनको कार्यालय, बबरमहलमा कार्यक्रम भएको छ ।

नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भित्तेपत्रिका र चुनावका प्रचार सामग्रीको विमोचन तथा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ । कार्यक्रम हार्दिक होटल बागबजारमा बिहान ११ बजे शुरु भएको आयोजकले जनाएको छ ।

भद्रकुमारी घलेले एकैसाथ सार्वजनिक हुन लागेका १५१ वटा पुस्तकबारे पत्रकार सम्मेलन राख्नुभएको छ । बिहान ११ बजे उहाँकै निवास भद्रकुमारी सेवा सदन, देवीनगर बानेश्वरमा कार्यक्रम राखिएको हो ।

अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो सम्मेलन पशुपती बहुमुखी क्याम्पस, मित्रपार्कमा बिहान ११ बजेदेखि राखिएको छ ।

नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले भित्तेपात्रो विमोचन, क्षेत्रीय÷नगर÷पालिका सम्पर्क मञ्चको गठन, सल्लाहकार नियुक्त, विभाग गठन तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ । बानेश्वर पार्टी प्यालेस, मध्य बानेश्वरमा बिहान ११ बजेदेखि उक्त कार्यक्रम भएको हो ।

नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक गर्ने कार्यक्रम युनिक पार्टी प्यालेस, कलंकी चोकमा बिहान ११ बजे राखेको हो ।

नेकपा (एमाले) मन्थली–काठमाडौं सम्पर्क मञ्चले नव वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा स्थानीय तह निर्वाचन लक्षित बृहत कार्यकर्ता भेला कार्यक्रम बिहान साढे ११ बजे हुने जनाएको छ । कार्यक्रम इलेभेन क्याफे, सिनामङ्गलमा हुन लागेको हो ।

नेकपा (माओवादी केन्द्र) रामेछाप नगरपालिका देउराली–काठमाडौं सम्पर्क समन्वय समितिले नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, भेटघाट तथा स्थानीय तह निर्वाचन सम्बन्धी छलफल कार्यक्रम इन्द्रेणी ब्याङक्वेट, जडिबुटीमा बिहान १२ बजेदेखि गर्दैछ ।

नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम जिल्ला कार्यालय, सातदोबाटो, ललितपुरमा राखेको छ । कार्यक्रम मध्यान्ह साढे १२ बजेदेखि हुँदैछ ।

नेकपा (एमाले) तेमाल–काठमाडौ सम्पर्क मञ्चले एमाले नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा बृहत भेला कार्यक्रम गर्दैछ । दिउँसो १ बजे राखिएको उक्त कार्यक्रम महाराजगञ्जको रोयल बैंक्वेट एण्ड इभेन्ट भेन्यूमा राखिएको हो ।

नेकपा (एकीकृत समाजवादी) सम्पर्क विशेष प्रदेश कमिटीले पनि बृहत् भेला कार्यक्रम दिउँसो १ बजे राखेको बताएको छ । कार्यक्रम काठमाडौं ब्याङ्क्वेट नयाँ बानेश्वरमा हुँदैछ ।

नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रम आज हुँदैछ । उक्त कार्यक्रम दिउँसो १ बजे स्काई दरबार पार्टी भेन्यू, बग्गीखाना, रामशाहपथमा हुन लागेको हो ।

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यमा उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको १९ औं वार्षिकोत्सव कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा राखिएको छ । सो कार्यक्रम दिउँसो साढे १ बजे हुने जानकारी दिइएको छ ।

विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बाँस्कोटा र उपप्रमुख पदकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी घोषणापत्र सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने बताइएको छ । कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बखुण्डोल, ललितपुरमा हुने छ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा ठोरी–काठमाडौं सम्पर्क समितिको बृहत भेला कार्यक्रम नेपाः ब्याङ्क्वेट, खुशीबु ल, नयाँ बजारमा दिउँसो २ बजे राखिएको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ । दिउँसो २ बजे डाकिएको कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपा, ललितपुरमा बस्दैछ ।

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेशन तथा कृति विमोचन कार्यक्रम ग्रिनफिल्ड स्कूल, नागार्जुन बाफलमा राखिएको छ ।

टिप्पणीहरू