सिम्रिककाे हेलिकप्टरमा अध्यक्ष ओली सरर

सिम्रिककाे हेलिकप्टरमा अध्यक्ष ओली सरर

चुनावी माहौल लागेका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु भ्याएसम्म हवाइजहाज, नमिले हेलिकप्टर भाडामा लिएर देश दौडाहामा कुदेका कुद्यै छन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री र गृहमन्त्रीले सरकारी काम मिलाएर सेनाको हेलिकप्टर प्रयोग गरे पनि अन्य दलका नेताले निजी क्षेत्रको हेलिकप्टर लिन छाडेका छैनन् ।

यसै क्रममा हिजो एमाले अध्यक्ष केपी शर्मा ओली क्याप्टेन रामेश्वर थापाद्वारा सन्चालित सिम्रिक एअरको हेलिकप्टरमा काठमाडौंबाट लमजुङ र नुवाकोट पुग्नुभएको छ । उहाँ पार्टीका पाँच जना नेतासहित बिहान साढे ११ बजे त्यता लाग्नुभएको हो । साँझ सवा ६ बजे बल्ल उहाँ राजधानी फर्कनुभएको थियो ।

हिजै नेपाली सेनाको स्काई ट्रक काठमाडौंबाट सुकेटार हुँदै बिराटनगर गयो । सहायक रथी हिमांशु खड्कासहित १५ सदस्यीय टोली बोकेर उक्त जहाज बिहानै उडेको हो ।

“भारतीय सेनाका लेफ्टिनेण्ट जनरल तथा असम राइफलका महानिर्देशक प्रदीप चन्द्रन नायर दिउँसो साढे ३ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभयो । तीन सदस्यीय टोली लिएर उहाँ पोखराबाट हिजो बिहान राजधानी फर्कनुभएको थियो । “

यसवीच बुद्ध एयरको उडानमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बिहान ८ बजे जनकपुर जानुभएको छ । बुद्ध एयरकै उडानबाट लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी पनि बिहान साढे ९ बजे विराटनगर जानुभयो ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ बिहान १० बजे बुद्ध एयरकै उडानमा भद्रपुरबाट काठमाडौं आइपुग्नुभएको छ । उता नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ हिजो बिहान पौने ११ बजे बुद्ध एअरको उडानमा पोखरा पुग्नुभएको छ ।

यति एयरको उडानमा पूर्वप्रधानन्यायाधीश तथा ०७० सालको चुनाव गराउने मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी बिहान ११ बजे पोखराबाट काठमाडौं आउनुभयो ।

बुद्ध एयरकै उडानमा हिजो दिउँसो १२ बजे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही भद्रपुर गएको देखियो । त्यसैगरी बुद्ध एयरको उडानमा नेपाली काँग्रेसका नेता तेजुलाल चौधरी साढे १२ बजे काठमाडौंबाट राजविराज जानुभयो ।

हिजै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुद्ध एअर चढेर दिउँसो साढे २ बजे भैरहवा जानुभयो भने बुद्ध एयरको जनकपुर– काठमाडौं उडानमा मधेस प्रदेशका सभामुख सरोजकुमार यादव दिउँसो साढे ४ बजे राजधानी आउनुभयो । यति एयरको उडानमा पूर्वमन्त्री थममाया थापा दिउँसो पौने ५ बजे पोखराबाट काठमाडौं आउनुभयो ।

हिजै एअर इण्डियाको उडानबाट नेपाल भ्रमणमा रहेका भारतीय सेनाका लेफ्टिनेण्ट जनरल तथा असम राइफलका महानिर्देशक प्रदीप चन्द्रन नायर दिउँसो साढे ३ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभयो ।

तीन सदस्यीय टोली लिएर उहाँ पोखराबाट हिजो बिहान राजधानी फर्कनुभएको थियो । उहाँ भारतीय भूतपूर्व सैनिकहरुको पोखरा र काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुन आएको बताइएको छ ।

टिप्पणीहरू