महिलाको शंकास्पद मृत्युलाई लिएर बुटवल आज पनि अशान्त

महिलाको शंकास्पद मृत्युलाई लिएर बुटवल आज पनि अशान्त

चैत ३० गते राति शंकास्पद तवरले मृत्यु भएकी भनिएकी अमृता खत्री टण्डनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । तर अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । उनको मृत्यु बालीमा प्रयोग गरिने किटनाशक विषादी डिडिफैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बालीनालीमा लाग्ने किराफट्याङग्रा मार्न प्रयोग हुने अत्यन्त घातक उक्त विषादी नेपालमा बिक्री वितरण गर्न बन्देज छ । आज पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका २, जानकीनगर निवासी अमृताको मृत्युको विषयलाई लिएर बुटवल अशान्त भएको हो ।

विषादीको बट्टा बाहिर नाम नबुझिए पनि उनले दाइलाई म्यासेज गरेको बेलुकी साढे ९ बजेदेखि ३२ मिनेटभित्रको समय र अस्पतालले मृत घोषणा गरेको नौ बजेर पचास मिनेटको समयले पनि कीटनाशक विषादि नै अमृताले प्रयोग गरेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

अमृताका सासु, ससुरा र श्रीमान् भने अहिले प्रहरीको नियन्त्रणमा छन् । बाहिर हल्ला भएझैँ अमृताका घर पक्षबाट अनुसन्धानलाई प्रभावित पार्ने गरि कुनै दबाब नआएको बताइन्छ । प्रहरीले यस्तो गम्भीर घटनामा कुनै नियत नराखेको उल्लेख गर्दै विपक्ष वा विपक्षमा कुनै कार्य नगरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुदालीले बताए ।

उनको घर र माइतको दूरी जम्मा तीन सय मिटर मात्र छ । मृतक अमृतालाई विगतदेखि घरमा ‘टर्चर’ दिएको कुरा पनि छिमेकमा कसै कसैले गरेका छन् । उनले सामान्य फर्नीचर पसलमा जागिर गरे आफ्नो गर्जो टार्दै आएको बताइन्छ ।

घरमा श्रीमानको पनि कमाइ नभएपछि सासु सासुराकै भर पर्नु बाहेक अर्को विकल्प थिएन । कम्तिमा आठ घण्टा ड्युटी गर्दा आफूलाई गुजारा पनि चल्ने र त्यतिञ्जेल मन शान्ति पाउने भन्दै नयाँ मिलको फर्निचर पसलमा रोजगारी गरेको आफन्तहरुले बताएका छन् ।

टिप्पणीहरू