सिट बाँड्ने जिम्मा पौडेलको टोलीलाई

सिट बाँड्ने जिम्मा पौडेलको टोलीलाई

चुनावी तालमेललाई लिएर जिल्ला तथा स्थानीय स्तरमा सहमति जुट्न नसकिरहेका बेला स्थानीय निर्वाचनमा सिट भागबण्डाको जिम्मेवारी रामचन्द्र पौडेल नेतृत्वको कार्यदलले पाएको छ ।

गठबन्धनको भर्खरै सम्पन्न बैठकले सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिएको हो । सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलले रिपोर्ट बुझाउने र गठबन्धन बैठकले निर्णय गर्ने बताइएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लगाउने निर्णय गरेको हो । त्यस्तै,भोलि साेमवारसम्म महानगर र उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ ।

कांग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनेको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकार पाएको छ भने गठबन्धनका प्रदेश र जिल्लास्तरका संयन्त्रलाई निर्देशन र परिचालन पनि गर्नेछ ।

टिप्पणीहरू