कार्टुन हेर्न सभामुख बबरमहलमा
सभामुख अग्नि सापकोटाले काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आजदेखि शुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को अवलोकन गर्नुभएको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्धघाटन गर्दै उहाँले भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो समस्यको रुपमा रहेकाले त्यसविरुद्ध निरन्तर खबरदारीको आवश्यकतामाथि जोड दिनुभयो । सभामुख सापकोटाले आफूले अहिलेसम्म दुई पैसा पनि भ्रष्टाचार नगरेको पनि बताउनुभयो ।
‘मैले अहिलेसम्म दुई पैसा पनि नाजायज ढंगले लिएको छैन्, उहाँले भन्नुभयो, ‘भ्रष्टाचार मुलुकको सबैभन्दा ठुलो गम्भिर समस्या हो । यसलाई नियन्त्रण गर्न सकिएन भने मुलुक सिधिन्छ । त्यसैले भ्रष्ट्रचारविरुद्ध निशाना सोझ्याउनुपर्छ ।‘
सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि विश्वास दिलाउनुभयो । भन्नुभयो, ‘तपाईहरुले भ्रष्टाचारको विरुद्ध अभियान गर्ने भन्नुभएको छ । यो राम्रो काम हो । त्यसैले तपाईहरुले प्रर्दशन गर्ने सातै प्रदेशमा मेरो साथ रहन्छ । र म यो अभियानमा ऐक्यवद्धता जनाउन चाहन्छु ।‘
टिप्पणीहरू