देशभर गर्मी, काठमाडौंमा हिउँदपछिकै उच्च तापक्रम
केही दिनयता देशभरको तापक्रम ह्वात्तै बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम एकै पटक उकालो लागेको हो ।
आज नेपालगञ्जको तापक्रम सबैभन्दा उच्च मापन गरिएको छ । पछिल्लो २४ घण्टाको विवरणअनुसार नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलब ३ तथा न्यूनतम १८ दशमलब ६ डिग्री सेल्सियस छ ।
त्यस्तै, दिपायलको अधिकतम तापक्रम ३७ दशमलब ९ तथा न्यूनतम १५ दशमलब ५ मापन गरिएको हो । भैरहवामा अधिकतम तापक्रम ३७ दशमलब ८ तथा न्यूनतम २० दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ ।
आज सबैभन्दा कम ताप्लेजुङमा २४ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन हुँदा न्यूनतम १२ दशमलब ३ डिग्री मापन गरिएको हो ।
काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्दो छ । आज काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री डिग्री सेल्सियस मापन भएको छ । आज यो काठमाडौंमा हिउँदपछिको सबैभन्दा उच्च तापक्रम हो । काठमााडौंमा आज न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो ।
टिप्पणीहरू