गुरुहरूको मन्तव्य एउटा, गन्तव्य अर्कै

गुरुहरूको मन्तव्य एउटा, गन्तव्य अर्कै

-डा.दिलनाथ दंगाल

म एमालेनिकट प्राध्यापकहरूको माझबाट चुनाव जितेर आएको सचिव हुँ । सचिवालय । केन्द्रीय कमिटीको बैठक लामो समय नबस्ने र बसिहाले पनि मन परेकालाई मात्र बोलाइने वा कसैको कहीँ नियुक्ति भएमा बधाई टक्र्याउन भन्दा अरु कामै भएन । इच्छाशक्ति भए जुममा बैठक बस्न महिनैपिच्छे पनि सकिन्छ ।

गाडी चढेर काहीँ जानुपर्ने होइन, चिया खाजा पनि दिनुपर्दैन भने किन मिटिङ समयमा डाकिन्न ? यो अवसरलाई हामीले किन सदुपयोग गर्न सकेनौँ ? बल्लबल्ल मिटिङ हुन्छ, कुरा राख्ने मौकै दिइँदैन ।

कति साथीलाई एकेडेमिक कुरा गर्नुहोला, कतिका सांगठनिक जिज्ञासा होला, कतिलाई प्राध्यापकका समस्याबारे कुरा गर्नुहोला तर नेतृत्वलाई हाम्रो विरोध मात्र गर्लान् भन्ने डर । एउटा पदाधिकारी वा सचिवालय सदस्यले पनि आफ्ना कुरा राख्न नपाउने बैठक हामी बधाई दिनबाहेक अरु केका लागि राख्छौं ?

संगठनलाई संगठनजस्तो बनाऊँ, विभिन्न नियुक्तिमा सचिवालयको निर्णयबाट साथीहरूलाई पठाउने गरौं जस्ता सयौं सवालमा छलफल गर्ने अवसर कहिल्यै जुरेन । संगठनको सिफारिस नहुँदा एउटै व्यक्ति पटक–पटक धेरै ठाउँमा, आफ्नो अनुकूल सरुवा, बढुवा, नियुक्ति भइरहन्छ वा कसैको आफन्त परेमा उसले त्यो सुविधा सहजै प्राप्त गर्छ ।

यहाँ त झ्यालबाट छिर्ने परम्परा मौलाएको छ । यो प्रगतिशील प्राध्यापकको चरित्र हो कि होइन ? चुनाव जित्नु नपर्ने तर सबै पद आफैँलाई चाहिने हो भने प्रगतिशीलको खोल किन ओढ्नु ? मिहिनेत नगरी लाभ र पद लिएकाहरूले संगठनको बदनाम गराए ।

विश्वविद्यालयबाट रिटायर्ड भएपछि वा अन्यत्र नियुक्ति पाएर गएपछि संगठनलाई सल्लाह सुझाव दिएर, आदरणीय भएर बसिदिए हुने नि ! तर यहाँ त अनावश्यक हस्तक्षेप गरेर संगठन चल्न नै नदिने अवस्था रहन्छ भने यसको विरोध गर्ने कि नगर्ने ?

अनि किर्नाले भैँसी चुसेजसरी संगठनलाई चुस्ने कामको विरोध गर्ने कि नगर्ने ? अधिवेशनमा हार्ने अनि अर्को चोटिसम्म कुर्न नसक्ने हरूवाहरूको टोली बनाएर जितेका साथीहरूलाई काम गर्न नदिने ।

पार्टीको केन्द्रमा यसको विरोध गर्ने, यहाँ आफै त्यही बाटोमा हिँड्ने दोहोरो चरित्रको विरोध गर्ने कि नगर्ने ? चुनाव हारे पनि मनोनीत गरेकै थियो । घर ज्वाइँले छोरो बन्न खोजेपछि झगडा त हुन्छ नै ।

जब मान्छे पतनको दिशातर्फ उन्मुख हुन्छ उसले संकटको बेलामा साथ दिने मित्रहरूलाई शत्रु ठान्छ । त्यसको पतन ढिलो चाँडो अवश्य हुन्छ । साथीहरूलाई याद होला हिजो यो केन्द्रीय समिति कसको जगमा अडिएर बनेको हो ?

नेपाल युनिभर्सिटी टिचर्स एसोसिएसन (नुटा) मा पब्लिकको तर्फबाट प्रतिनिधित्व भएन भनेर हालेको पत्र र अघिल्लो कमिटीमा रहेका ७ जना साथीले सात वर्षको पसिना बगाएको जगमा टेकेर हामीले पदाधिकारी पाउने आधार बन्यो तर तिनै साथीहरू अछुत बने ।

पब्लिकले नुटाको अधिवेशन बहिष्कार गर्नुपर्ने अवस्था किन आयो ? इलेक्सन भएको भए सबै साथी चाहिन्थ्यो, टीका लगाएर सेलेक्सन हुने अवस्थामा हिजो संकटमा सँगै हिँडेका साथी किन चाहियो ? हाम्रो प्राध्यापक संख्या बढेर नुटा जितेको कसैलाई भ्रम छ भने त्ग्त्ब् नजितेको उदाहरण पनि हामीसँगै छ ।

त्यति गरेर ल साथीहरू नुटामा गए अनि खोइ त उहाँहरूलाई समेटेको ? गलत गलत नै हो । आज एउटालाई खाने भालुले भोलि अर्कोलाई त खान्छ नै, खाली कुन गौंडो कुरेर भन्ने मात्र हो ।

नुटाको पुरानो कमिटीले नयाँलाई पुस १३ गते पद हस्तान्तरण ग¥यो त्योभन्दा अगाडि नै कांग्रेसको डिजाइनमा तीन वटा निर्णय भए । गेष्ट हाउसको निर्णय पनि त्यही समयमा भयो ।

जुन गेष्ट हाउसका लागि हामी ७ वर्ष लड्यौं कांग्रेसले सबै वामपन्थीलाई जिल्यायो । साझा प्राध्यापक संघले दुईपटक राष्ट्रपति र सरकारविरुद्ध विज्ञप्ति निकाल्यो, हाम्रा साथीहरूको पनि त्यसमा सहमति हो भन्ने सुिनयो ।  मन्तव्य र गन्तव्यमा तालमेल भएन । हामी लिडर हुनुपर्नेमा डिलर भयौं । हाम्रो प्रगतिशील आचरण नै बाँकी रहेन ।

टिप्पणीहरू