प्रचण्ड पनि अरु नेतालाई भेट्न घर घरमा

प्रचण्ड पनि अरु नेतालाई भेट्न घर घरमा

सँधै अन्य नेता तथा कार्यकर्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न उहाँको निवास ललितपुरको खुमलटार पुग्ने गर्छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने र यदाकदा सिंहदरबारमा हुने भेटवार्तामा बाहेक उहाँ भेटघाटको निम्ति अन्यत्रको घरमा बिरलै जाने गर्नुभएको छ ।

तर हिजो उहाँले आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उहाँहरुको निवासमा पुगेर भेट्नुभएको हो । हिजो बिहान उहाँ नेता श्रेष्ठलाई भेट्न सबेरै निवासबाट निस्कनुभएको थियो । श्रेष्ठको निवासमा अध्यक्ष दाहाल बिहान पौने ८ बजे पुग्नुभएको हो ।

झण्डै ४५ मिनेट भेटवार्ता गरेपछि उहाँ त्यहाँबाट कोटेश्वरतर्फ जानुभएको थियो । कोटेश्वरस्थित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा उहाँ ९ बजेको हाराहारीमा पुग्नुभएको बताइन्छ । उहाँहरुबीच करिब २० मिनेट वार्ता भएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव तीन जनाको टोली सहित त्यहाँ पुग्नुभएको थियो ।

त्यसपछि उहाँहरुबीच नेपाल निवासमा सामूहिक छलफल भएको थियो ।

टिप्पणीहरू