सत्तारुढ गठबन्धनमा भोलि बैठक बस्ने सहमति

सत्तारुढ गठबन्धनमा भोलि बैठक बस्ने सहमति

स्थानीय चुनावमा सिट भागबण्डाको सहमति जुटाउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक निश्कर्ष बिनै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई चरणमा बसेको बैठकले सिट बाँडफाँड टुंग्याउन नसकेपछि मंगलबार पुनः बस्ने गरी बैठक सकिएको हो ।

देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँड टुंग्याउन आज बिहान र अपरान्ह गरी दुईपटक बैठक बसेको थियो । तर, दुबै बैठकबाट सहमति जुट्न नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बस्ने सहमति भएको जानकारी दिए ।

टिप्पणीहरू