राजा ज्ञानेन्द्रको पालाका न्यायाधीशहरुले न्यायालय सुधार्ने

राजा ज्ञानेन्द्रको पालाका न्यायाधीशहरुले न्यायालय सुधार्ने

पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिका सुधार एवम शुध्दिकरण गर्नुपर्ने विषय औंल्याएको छ । राजधानीमा आयोजित छलफल कार्यक्रममा पूर्व श्रीमानहरुले उक्त धारणा राखेका हुन् ।

हिजो अनामनगरस्थित युनियन हाउसमा राखिएको कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष पवनकुमार ओझा,पूर्वन्यायाधीश तथा फोरम अध्यक्ष टोपबहादुर सिंहले अदालतमा बेथिति बढेको उल्लेख गरेका थिए । फोरमले सर्वोच्च अदालत र उच्च अदालतमा कार्यरत तर न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि छानबिनको माग गरेको छ ।

ओझा राजा ज्ञानेन्द्रको शासनकालमा पहिले महान्यायाधिवक्ता र पछि सर्वोच्चको न्यायाधीश बनेका थिए ।

टिप्पणीहरू