एमालेको माइन्युटमा ‘निर्वाचन सार्ने षड्यन्त्रको प्रतिवाद’

एमालेको माइन्युटमा ‘निर्वाचन सार्ने षड्यन्त्रको प्रतिवाद’

नेकपा एमालेले हिजो पनि स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको निश्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा राती अबेरसम्म बसेको सचिवालय बैठकले निर्वाचन सार्ने षड्यन्त्रको प्रतिवाद गर्ने निर्णयसमेत गरेको हो । यसअघि ओलीले सबैजसो जिल्लामा पुगेर गर्नुभएको भाषणमा पनि त्यहि षड्यन्त्रको प्रसङ्ग उल्लेख छ ।

बैठकले पार्टीको मस्यौदा घोषणापत्र अनुमोदन गरेको छ । एमालेले आगामी शुक्रबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा उक्त घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

त्यसैगरी स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएका प्रतिनिधिहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीमा भए त्यस्ता नाम हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने पनि बैठकको निर्णयमा उल्लेख छ ।

बैठकले १२ वटा विभाग गठन गरेको छ । त्यसैगरी सल्लाहकार परिषदमा एक सय पाँच जना थपेर दुई सय ७८ बनाइएको छ । सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनयन गरिएको छ ।

टिप्पणीहरू