गभर्नर अधिकारीको मुद्दा हरि फुयाल श्रीमानको इजलासमा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । अधिकारीले सरकारको निर्णय बदर गराइपाउन र आफ्नो पदमा बहाली गर्नको निम्ति उत्प्रेषण माग गरिएको मुद्दा ९ नम्बर इजलासमा परेको छ ।

उक्त एकल इजलास न्यायाधीश हरिप्रसाद फुयालको हो । इजलासको ४ नम्बर पेशीमा गभर्नरको मुद्दा राखिएको छ ।
आफ्नो रिटमा अधिकारीले सरकार र अर्थमन्त्रीले बद्नियतपूर्ण तरिकाले आफूमाथि कारवाहीको प्रक्रिया अघि बढाएको जिकीर गरेका छन् । गभर्नरमाथि लागेको आरोप छानबिनको निम्ति अर्थमन्त्रालयले चयन गरेको पूर्वन्यायाधीश अर्थमन्त्रीका नातेदार र छानबिन समितिका सदस्यहरु माओवादी पार्टीको विभिन्न इकाइमा संलग्न कार्यकर्ता रहेको आरोप लागेको छ ।
टिप्पणीहरू