विवेकशीलले ललितपुरमा उज्ज्वलकृष्णलाई उठाउने
विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको प्रमुखमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । आज पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने सो पार्टीले जनाएको छ ।
विवेकशीलले आज दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भीमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उज्ज्वलकृष्ण विवेकशील साझा पार्टीको ललितपुर जिल्ला संयोजक पनि हुन् ।
चुनावको मिति नजिकिएसँगै ललितपुर महानगरमा प्रमुख राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । यसअघि नेपाली काँग्रेसले वर्तमान मेयर चिरिबाबु मर्हजनसहितको नाम सिफारिस गरेको छ । यस्तै, नेकपा एमालेले पनि हरिकृष्ण व्यञ्जनकारलाई प्रमुखको उम्मेदवार सिफारिस गरिसकेको छ ।
टिप्पणीहरू