म्यादी प्रहरीलाई सास्ती
आगामी स्थानीय तहको निर्वाचनको सुरक्षा प्रयोजनको निम्ति एक महिनाको निम्ति भर्ना गरिएका म्यादी प्रहरीले बैशाखको चर्को घाममा सास्ती व्यहोर्नुपरेको छ । विशेषगरी तराई र मधेशका जिल्लामा खटिने उनीहरुलाई बैशाखको शुरु देखि नै गाह्रो पर्न थालेको खबर प्राप्त भएको छ ।
विगतको तुलनामा यो वर्ष छिट्टै गर्मी बढेकाले खटिएका उनीहरुको स्वास्थ्यमा समस्या देखिएको बताइन्छ । चैतसम्म खासै शारिरिक व्यायाम नगरेका अधिकांशलाई बैशाखको चर्को गर्मीले आलसतालस बनाएको हो ।
बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म टण्टलापुर घाममा गराइएको व्यायमका कारण धेरै जना बेहोस भएका छन् । उनीहरुलाई बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा खाना खाने समय दिइन्छ । ११ बजेपछि पुनः परेड खेलाउन चौरमा लगेपछि उही हालत हुने गरेको हो ।
शरिरिक रुपमा कमजोर कतिपयले यसबीचमा म्यादी प्रहरीको एक महिने जागिर पनि छाड्न थालेका छन् । महिला म्यादीमा भर्ना भएका कतिपय साना बालबालिकाकी आमाहरुले पनि टण्टलापुर घाममा खेलाइने परेडका कारण म्यादी प्रहरीको जागिर छाडेको बताइन्छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १ मा रहेको सिमरा रंगशालामा तिनै थकित म्यादी प्रहरीलाई परेड खेलाइएको भिडियोमा देख्न सकिन्छ ।
भिडियो स्रोत : माधव बस्नेत
टिप्पणीहरू