गठबन्धन देखेर ओली थुरुरु, एमाले शरणार्थी : रामचन्द्र पौडेल

गठबन्धन देखेर ओली थुरुरु, एमाले शरणार्थी : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले केपी शर्मा ओली थरथरी कापेको बताउनुभएको छ । काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ५४ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बोल्नुभएका उहाँले एमाले अध्यक्ष ओलीले जस्ता पार्टीसँग पनि हातेमालो गर्नु भनेको डराउनु रहेको उल्लेख गर्नुभयो ।

ओलीले हतासिएको अभिव्यक्ति दिनुभएका पौडेलले, ‘गठबन्धनको शक्ति देखेर ओली थरथरी कापेको र हतास अभिव्यक्ति दिँदै आएको बताउनुभयो ।’

भ्रष्ट तत्व, प्रतिगामी र अवसरवादीसँग मिलेर केपी ओलीले बिनाआधार तथानाम बोलिरहेको उहाँको भनाइ छ । पौडेलले एमाले अन्य दलहरुको शरणमा पुगेको पनि पौडेलले आरोप लगाउनुभएको छ ।

टिप्पणीहरू