काँग्रेसले पोखरा छाड्यो

काँग्रेसले पोखरा छाड्यो

सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले भागबण्डाको सहमति जुटाएको हो ।

सहमतिअनुसार देशका छ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली काँग्रेस र एक/एक वटा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा परेको छ ।

काँग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।

भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । अरु सबै महानगरको भागबण्डा हिजै मिले पनि पोखरामा काँग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि समहति हुन सकेको थिएन ।

टिप्पणीहरू