कतारमा २१ जना नेपालीलाई क्षमादान

कतारमा २१ जना नेपालीलाई क्षमादान

कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाएर बन्दी जीवन बिताइरहेका २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा क्षमादान दिएका हुन् ।

कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा तीन जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली समेत छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, दुई जना मादकपदार्थ बिक्री वितरण गरेका र पाँच जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् ।

क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।

टिप्पणीहरू