बालुवाटारमा गठबन्धनको पुनः बैठक
सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँडमा केही दिनयताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुनः बस्न लागेको हो ।
आज दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिनुभएको हो ।
दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुनः बस्न लागेको हो । महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ ।
सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो ३ बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो । सिट बाँडफाँडका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीको भनाइ छ ।
’बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्,’ उहाँले भन्नुभयो, ’बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निश्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ ।’
टिप्पणीहरू