महन्थको पार्टीका मेयर प्रत्यासीलाई बालकोटको खादा

महन्थको पार्टीका मेयर प्रत्यासीलाई बालकोटको खादा

महन्थ ठाकुर तथा राजेन्द्र महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना जनप्रतिनिधिले एमाले रोजेका छन् । जनकपुरको मेयरमा प्रस्ताव गरिएका उनले रातारात एमाले अध्यक्षको निवास बालकोट पुगेर हिजो खादा लगाएका हुन् ।

जानकीराम साह तत्कालीन राजपाबाट जनकपुरधाम–७ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई लोसपाले यस पटक मेयरमा सिफारिस गरेको थियो ।

तर उनले भक्तपुरको बालकोटस्थित ओली निवास पुगेर नेकपा एमालेमा प्रवेश गरेको पुष्टि गरेका हुन् ।

टिप्पणीहरू