ठूला मिडिया हाउसमा कतै आन्दोलन,कतै सम्झौता

ठूला मिडिया हाउसमा कतै आन्दोलन,कतै सम्झौता

लामो समयदेखि मिडिया हाउसमा कार्यरत पत्रकारलाई तलव र भत्ता उपलब्ध नगराएको आरोप खेप्दै आएको नेपाल रिपब्लिक मिडियाले हालै सो सुविधा प्रदान गरेको छ । अबदेखि पत्रकारको तलवमा ढिलाई नगर्ने भन्नै उक्त मिडिया र नेपाल पत्रकार महासंघबीच लिखित सहमति भएको छ ।

सम्झौतामा पत्रकार राजु अधिकारीलगायत नागरिक दैनिकसँग हाल आबद्धता नरहेका पत्रकारहरुले पाउने सेवा सुविधा यहि बैशाखभित्र प्रदान गर्ने र दुई वर्षदेखि कट्टा गरिएको ३० प्रतिशत तलबलाई अब पहिलेकै अवस्थामा पुर्याउने वचन मिडियाले दिएको छ । दुवै पक्षका जिम्मेवार अधिकारीहरुले हस्ताक्षर गरेको उक्त सम्झौतामा काम गर्न चाहने यसअघि निश्कासित सबै पत्रकारलाई नेपाल रिपब्लिक मिडियाले स्वागत गरेको उल्लेख छ ।

सम्झौतामा महासंघको तर्फबाट महासचिव रोशन पुरी र व्यवस्थापनको तर्फबाट माधवी थापाले हस्ताक्षर गरेका छन् । उपस्थितिमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेल र लेखनाथ न्यौपानेसहित लेखा संयोजकलगायतले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू