टेम्पोले हान्दा रहिनन् कौशिला
बारामा टेम्पोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१८ मनगढवामा हिजो बेलुका टेम्पोको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुका ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो ।
टिप्पणीहरू