एमाले अध्यक्ष आज सूर्जेकुमारीको घर नजिकै जाने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाहरुसँग अन्तरक्रिया गर्न लाग्नुभएको छ । ललितपुरको गोदावरीस्थित सूर्योदय हलमा आयोजना हुने ’युवासँग म’ कार्यक्रम भाग लिन अध्यक्ष ओली अबको केही बेरमा त्यसतर्फ जाँदै हुनुहुन्छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ परिकल्पनाको सार्थकताका लागि सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु हुने छ ।
सूर्जेकुमारी नायिका करिश्मा मानन्धरको न्वारनको नाम हो । हालै मात्र एमाले प्रवेश गरेकी उनी गोदावरीमा बस्छिन् ।

टिप्पणीहरू