राजेन्द्र लिङ्ग्देनका कार्यकर्ता भोलि गोलपार्कमा जुट्ने

राजेन्द्र लिङ्ग्देनका कार्यकर्ता भोलि गोलपार्कमा जुट्ने

राजतन्त्र र हिन्दुराष्ट्रको आडमा राष्ट्रिय राजनीतिमा पुनरागमन गर्ने कसरतमा रहेको राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आक्रमक चुनावी अभियानमा छ ।

काठमाडौँ, झापालगायत देशका मुख्य शहरहरुमा एक चरणको शक्ति प्रदर्शन गरिसकेको उसले भोली बुटवलमा चुनावी सभा गर्न लागेको छ ।

बुटवलको गोलपार्कमा हुने आमसभामा हजारौँलाई उपस्थित गराएर लुम्बिनीमा शक्ति प्रदर्शन गर्ने राप्रपाका नेताहरुले दाबी गरेका छन् ।

त्यसका लागि भोलि मध्यान्ह पौने १२ बजे आमसभामा सहभागी हुन् राप्रपाले सार्वजनिक आव्हान गरेको छ । अघिल्लो महिनामात्रै रुपन्देहीको भैरहवामा पनि ठूलै सभा गरेको थियो ।

पछिल्लो समय प्रमुख पार्टीहरुले जस्तै राप्रपाले पनि प्रचारप्रसारलाई आक्रमक बनाएको छ । नेतृत्वमा लिङ्गदेन आएसँगै उनीप्रतिको ‘क्रेज’ ले आममान्छेको ध्यान पनि तानेको देखिन्छ ।

टिप्पणीहरू