सैनिक अधिकारीहरुलाई आचरण सिकाउन शुरु

सैनिक अधिकारीहरुलाई आचरण सिकाउन शुरु

बहालवाला र भूपू अधिकारीहरुमा पदीय र सांगठनिक आचरणविपरितका गतिविधि बढ्न थालेपछि सेनाले लगाम लगाउने उपायको खोजी गरेको छ ।

हालैमात्र जुम्लाका जर्नेलले ब्यारेकभित्र फिल्मी शैलीमा कुदेर आएर श्रीमतीलाई गुराँसको फूल दिँदै प्रेमभावको टिकटक बनाएका थिए । अर्का अवकाशप्राप्त जर्नेलले पनि नाबालक छोरालाई जर्नेलको पोशाक लगाएर टिकटिक बनाउन दिएपछि सेनाको थप आलोचना भएको थियो ।

त्यहि आलोचना दोहोरिन नदिन भन्दै नेपाली सेनाले आजबाट दुई दिने ‘सैनिक आचारसंहिता कार्यक्रम, २०७९’ शुरु गरेको छ । जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा सेनापति प्रभूराम शर्मापछिका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

सकलदर्जालाई पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित,नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू