चट्याङ्गले लग्यो महिलाको ज्यान
हिजो साँझको हावाहुरी र चट्याङले सिन्धुपाल्चोकमा एक जना महिलाको ठाउँको ठाउँ निधन भएको छ । हावाहुरी र चट्याङ परेको समय बाटोमा हिँड्दै गरेकी महिला ढलेकी हुन् ।
मेलम्ची नगरपालिका वडा १० की ५२ वर्षीया पम्फा कार्की बेलुकी ६ बजेतिर खेतबाट घर जाने क्रममा चट्याङ लागेर ढलेको बताइन्छ । प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
फोटो स्रोत: दिनेश चौलागाई
टिप्पणीहरू