गभर्नरको फोटो हटाउन कसलाई हतारो ? दौरा- सुरुवाल लगाएका अधिकारी अब टाइसुटमा
गत चैत २५ गते साँझदेखि निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अस्तिको अन्तरकालीन आदेशबाट हिजोदेखि पदीय जिम्मेवारीमा फर्केका छन् । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको गभर्नरलाई काम गर्न नरोक्नु,र उनीमाथि छानबिनको निम्ति गठित सरकारी समितिलाई काम नगराउनु भन्ने आदेशपछि महाप्रसाद हिजो बिहान बैंकको केन्द्रीय कार्यालय,बालुवाटार पुगेका हुन् ।
गभर्नर यसवीच जम्माजम्मी १२ दिन कार्यालयमा अनुपस्थित रहे । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई कायममुकायमको जिम्मेवारी दिएकाले दैनिक कार्य सञ्चालन उनको जिम्मामा थियो । तिम्सिनाले कायममुकायमको भूमिका निभाएपछि अर्का डेपुटी बमबहादुर मिश्रले दुवै डेपुटीको जिम्मामा रहेका विभाग र कार्यालय हेर्न पाए ।
चैत २६ गते शनिबार र २७ गते रामनवमीको सार्वजनिक बिदा भएकाले २८ गते बैंक खुलेको थियो । उक्त दिन कार्यालय खुलेको एकाध घण्टामै बैंकको वेवसाइटमा राखिएको गभर्नर अधिकारीको फोटो एकाएक हटाएर खालि राखिएको थियो । तर,अर्को गभर्नरको फोटो भने राखिएको थिएन । किनकि सरकारले नयाँ गभर्नर नियुक्त गरेकै थिएन ।
‘मलाई सरकारले निलम्बन मात्रै गरेको भन्ने सुनेको छु । तर तपाईंले त गभर्नरलाई बर्खास्तै गर्नुभएछ नि निलमजी ?’अप्रत्यासित प्रश्न सुनेर अत्तालिएकी ढुंगानाले जवाफ दिइन्, ‘मैले होइन सर । अर्थ सचिवले किन गभर्नरको फोटो अहिलेसम्म पनि वेवसाइटमा राख्नुभएको ? हटाइहाल्नुस्,भनेपछि सल्लाह गरेर हटाइएको हो ।’
यता प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई पनि गत फागुन १ गतेदेखि निलम्बन गरिएको छ । तर, सर्वोच्च अदालतको वेवसाइटमा राणाको फोटो र फोटो मुन्तिर सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा नै लेखिएको छ । जबकि अर्का न्यायाधीश दीपककुमार कार्कीलाई सम्माननीय कायममुकाम प्रधानन्यायाधीश लेखिएको छ । यसको अर्थ निलम्बन गर्दैमा सम्बन्धित व्यक्ति पदमुक्त भएको मानिन्न भन्ने नै हो ।
राष्ट्र बैंकमा भने गभर्नरको फोटो, नाम र पद नै हटाइएपछि चैत २९ गते महाप्रसादले कायममुकायम गभर्नरलाई फोन गरेर यसवारे सोधनी गरेको स्रोतको दाबी छ । ढुंगानालाई अधिकारीको प्रश्न थियो,‘मलाई सरकारले निलम्बन मात्रै गरेको भन्ने सुनेको छु । तर तपाईंले त गभर्नरलाई बर्खास्तै गर्नुभएछ नि निलमजी ?’ उक्त अप्रत्यासित प्रश्न सुनेपछि अत्तालिएकी ढुंगानाले जवाफ दिइन्, ‘मैले होइन सर । अर्थ सचिवले किन गभर्नरको फोटो अहिलेसम्म पनि वेवसाइटमा राख्नु भएको ? हटाइहाल्नुस्,भनेपछि सल्लाह गरेर हटाइएको हो ।’
गभर्नरको आशय १३ महिनाअघि आफैँले पदको शपथ खुवाएका दुई जना डेपुटीले आफ्नो अनुपस्थितिमा एक वचन नसोधी वेवसाइटबाटै फोटो हटाउनु कत्तिको ठीक हो भन्ने थियो । तर,अर्थ मन्त्रालयको निर्देशनमा आफ्नो स्वविवेक प्रयोग नगरी र गभर्नरलाई सोधनीको मर्यादासमेत नराखी गरिएको उक्त कार्यलाई अधिकारीले संवेदनशील विषय र परिवेशमा डेपुटीहरुको क्षमता जाँचका रुपमा लिएको बताइन्छ ।
अस्ति साँझ गभर्नरलाई बैंक फर्किन आदेश मिलेपछि भने वेवसाइटमा राति नै फोटो अपलोड गरिएको थियो । तर,ढाँटेको कुरो काटे पनि मिल्दैन भनेझैं चैत २८ गतेसम्म वेवसाइटमा गभर्नरको ढाका टोपी, घिउ रंगको दौरा सुरुवाल र नीलो कोटमा नेपालको झण्डा भएको पिन लगाएको फोटो थियो । तर हिजोदेखि देखिएको फोटोमा टाई सुट छ । जबकि राष्ट्र बैंकका गभर्नरहरुले यसअघि पनि बैंकको वेवसाइटमा दौरा सुरुवाल लगाएकै फोटो हाल्ने गरेका थिए । त्यही मान्यतालाई पछ्याउँदै अधिकारीले पनि दुई वर्ष अघिदेखि नै त्यस्तै फोटो हाल्न लगाएका हुन् ।
टिप्पणीहरू