निर्वाचनमा सुरक्षा निकायहरुले विशेष भूमिका निभाउने निर्णय

निर्वाचनमा सुरक्षा निकायहरुले विशेष भूमिका निभाउने निर्णय

आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले आफ्नो स्थानबाट भूमिका खेल्ने मुलुकका सबै सुरक्षा निकायहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको समितिको बैठकमा चारवटै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा निर्वाचनको तयारी सम्बन्धमा हालसम्म भएका गतिविधिहरुको बारेमा छलफल भएको हो । बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेबारे विभिन्न कोणबाट सहभागीहरुले धारणा राखेको बताइन्छ ।

प्रवक्ताका अनुसार आजको बैठकमा मुख्य गरेर निर्वाचनको तयारी, ११ र १२ गते हुने मनोनयन दर्तालगायतका तयारी बारेमा जानकारी आदानप्रदान गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाबीच गरिने समन्वयको बारेमा पनि छलफलमा विस्तृत रुपमा कुराकानी भएको प्रवक्ताले जानकारी दिए ।

बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो निकायबाट स्वःस्र्फुत रुपमा खटिने निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू