जनप्रनिधिहरुद्वारा भटाभट राजीनामा

जनप्रनिधिहरुद्वारा भटाभट राजीनामा

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालरत जनप्रतिनिधिले राजीनामा दिनैपर्ने कानुनी व्यवस्थाका कारण पुनः पदमा दोहोरिन चाहने वा माथिल्लो जिम्मेवारीमा जान चाहनेहरुले पदबाट राजीनामा दिएका छन् । पर्सि र सोमबार दुई दिन मनोनयन गर्ने कार्यतालिका रहेकाले उनीहरुले आज राजीनामा दिएका हुन् ।

भर्खरै चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले आज राजीनामा दिएकी हुन् ।

यसअघि हिजो एमालेका प्रदेश सभासद तथा संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्य विजय सुवेदीले राजीनामा दिएका थिए । सुवेदीले एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

टिप्पणीहरू