अमेरिकी वायु सेवाको हवाइजहाजमा अमेरिकी सांसदहरु काठमाडौं ओर्लिए

अमेरिकी वायु सेवाको हवाइजहाजमा अमेरिकी सांसदहरु काठमाडौं ओर्लिए

नेपाल भ्रममणमा आएको अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल अमेरिकी वायु सेवाको हवाइजहाजमा काठमाडौं विमानस्थलमा ओर्लिकएका छन् । सिनेटर क्रिस्टेन गिलब्राण्डको नेतृत्वमा शेल्डन ह्वाइट हाउस, कोरी बुकर र मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स बोकेको वायु सेवाको विमान साँझ ६ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

पाँच जना सांसद, १६ जना अन्य र १३ जना उडान दलका कर्मचारी रहेको अमेरिकी वायु सेवाको विमान स्पार १९ भारतको अमृतसरबाट काठमाडौं आएको हो ।उक्त टोली यो हप्ता अमेरिका र नेपालबीच कुटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाउने क्रममा नेपाल आएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सांसदहरुको प्रतिनिधिमण्डल नेपालको हिमाली क्षेत्रमा परेका जलवायु परिवर्तनको प्रभावमाथि अध्ययन गर्न भोलि दिउँसो पदयात्रामा निस्कँदैछ ।

टिप्पणीहरू