अमेरिकी सांसदहरुले क–कसलाई भेटे ?
नेपाल भ्रमणमा हिजो साँझ काठमाडौं आएको अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डलले आज बिहानबाट भेटघाट थालेको छ । आज बिहान पौने १० बजेदेखि साढे १० बजेसम्म परराष्ट्र मन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौडेलसँग परराष्ट्र मन्त्रालयमा भेटघाट गरेको हो ।
त्यसपछि टोलीले साढे ११ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । आजै अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डलले नेपाली सांसदहरुको नेपाल–अमेरिका संसदीय टोलीसँग आफू बसेको होटल मेरियटमा भेटवार्ता गरेको हो । नेपाल–अमेरिका संसदीय टोलीको संयोजक डा. मिनेन्द्र रिजाल हुनुहुन्छ ।
अमेरिकी सिनेटर क्रिस्टेन गिलब्राण्डको नेतृत्वमा शेल्डन ह्वाइट हाउस, कोरी बुकर र मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स रहेको प्रतिनिधिमण्डलमा पाँच जना सांसद र १६ जना अन्य कर्मचारी छन् ।
टोली पर्सि स्वदेश फर्कने छ । उनीहरु नेपाल–अमेरिकाको कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल भ्रमणमा आएका अमेरिकी दूतावासले जनाएको छ ।
टिप्पणीहरू