चुनावको मुखमा बाँड्ने सारी समातियो
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरित बाँड्न ठिक्क पारिएको एक सय १० थान साडी आज बरामद गरिएको छ ।
दिउँसो २ बजेदेखि स्थानीय महिलाको अनुरोधमा भन्दै वार्ड नम्बर ८ को मातातीर्थमा बाँड्न खोजिएको साडी बरामद गरिएको प्रहरीले जनाएको छ ।
८ नम्बर वडा कार्यालयमा बाँड्न लागिएको साडी र उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू