कार्यालय समयमा प्रधानमन्त्री बालुवाटारबाट बाहिर

कार्यालय समयमा प्रधानमन्त्री बालुवाटारबाट बाहिर

आज बिहान कार्यालय समयमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट निस्कनुभएको छ । उहाँ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयतर्फ नगई सोझै सानेपास्थित पार्टी अफिसतिर लाग्नुभएको हो ।

बिहान १० बज्नै लाग्दा प्रधानमन्त्री बालुवाटारबाट निस्केर ललितपुरतर्फ जानुभएको थियो । उहाँ सानेपास्थित पार्टी कार्यालयमा आगामी चुनावको उम्मेदवारबारे छलफल गर्न जानुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू