गठबन्धनको आमसभास्थलमा माओवादीको निर्वाचन बहिष्कार कार्यक्रम
सत्तारुढ पाँच दलीय गठबन्धनले हिजो आयोजना गरेको आमसभास्थलमा आज निर्वाचन बहिष्कारको कार्यक्रम राखिएको छ । काठमाडौंको रत्नपार्कमा नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचन बहिष्कारको कार्यक्रम राखेको हो ।
नेकपा क्रान्तिकारी माओवादीको काठमाडौं जिल्ला समितिले आज दिउँसो १ बजे आयोजना गर्न लागेको कार्यक्रममा सिपी गजुरेल प्रमुख अतिथि हुने बताइएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पछिल्लो समय निर्वाचन बहिष्कारको मुद्दालाई उचाल्दै आएको छ ।
टिप्पणीहरू