ललितपुरमा निर्वाचन तयारीबारे पछिल्लो अपडेट

ललितपुरमा निर्वाचन तयारीबारे पछिल्लो अपडेट

ललितपुर जिल्लामा हिजोदेखि शुरु भएको मतदानस्थलमा खटिने कर्मचारीहरुको नियुक्तिपत्र वितरण कार्य आज पनि जारी छ ।

भोलिदेखि मतदानस्थलमा खटिने कर्मचारीहरुलाई निर्वाचन आयोगले तोकेको खर्च रकम वितरण गर्ने कार्यक्रम रहेको छ ।

भोलि दिउँसो १ बजे अगावै खर्च रकम दिने कार्य समाप्त भएमा मतपत्र र मतपेटिका पनि भोलि नै वितरण गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसको लागि मतपत्र बाँधिएको प्याकेट शिलबन्दी गर्ने र मतपेटिका छुट्याउने कार्य लगभग सकिएको छ ।

टिप्पणीहरू