कामीरिताले आफ्नै कीर्तिमान तोडे, सगरमाथाको २६ औं पटक आरोहण
कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २६ औं पटक सफल आरोहण गरेका छन् । उनले यो वर्षको पहिलो सगरमाथा आरोहण गरेर उक्त कीर्तिमान राखेका हुन् । शेर्पा आज साँझ झण्डै ७ बजेको समयमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
आज कामीरितासँगै ११ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज चुचुरोमा पुगेको टोली आरोहणको निम्ति बाटो बनाउँदै त्यहाँ पुगेको हो ।
अब भोलि बिहानदेखि आधारशिविरमा रहेका आरोहीहरु शिखरतर्फ लाग्नेछन् । यो वर्ष सगरमाथा आरोहणका लागि तीन सय १६ जना आरोहीले अनुमती लिएका छन् ।
टिप्पणीहरू