चितवनका काँग्रेसी महिलाद्वारा प्रधानमन्त्रीलाई चुनौती: फेरि चितवन आउने हो भने रेनुको घरमा आत्महत्या गर्न डोरी ल्याउनुहोला
चितवनका काँग्रेसी महिलाहरुले मेयरमा रेनु दाहाललाई भोट नहाल्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई रेनु हार्दा आत्महत्या गर्न डोरी बोकेर चितवन आउन चुनौती दिएका हुन् ।
बागी उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा बोल्दै उनीहरुले रेनु दाहालसँग मोटो रकम बुझेर काँग्रेस नेताहरुले आफूहरु पछि हटेको गम्भीर आरोप लगाएका छन् । जनयुद्धमा काँग्रेसीहरुलाई मार्ने माओवादीलाई भोट हाल्न नसकिने भन्दै चितवन काँग्रेसका सभापति र निवर्तमान सभापतिलाई रेनु दाहालसँग पैसामा बिकेको उल्लेख गरे ।
‘जीतनारायण जी तपाईं रुपैयाँमा बिक्नुभयो,’ भन्दै सोधिएको छ, ‘अब तपाईंको घर अगाडि भ्रष्टाचार विरोधी समूह आउँछ । हिजो तपाईं चप्पल पड्काएर काँग्रेसको सभापति बन्नुभएको हो । अहिले तपाईंको दरबार केले बनाउनुभयो ?’
https://www.facebook.com/watch/?v=946687582674954
टिप्पणीहरू