नारायणकाजी काँग्रेसको कार्यकर्ता ?

नारायणकाजी काँग्रेसको कार्यकर्ता ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई नेपाली काँग्रेसबाट राजनीति शुरु गरेको मान्छेको रुपमा परिचित गराउनुभएको छ । उहाँले केन्द्रीय कारागारमा रहेको सन्दर्भलाई जोड्दै आफूले नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएको कारण जेल जानुपरेको तथ्य सार्वजनिक गर्नुभएको हो ।

राजधानीमा आयोजित गठबन्धनको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘भर्खर १५ वर्ष कटेर १६ वर्षको हुँदा नेपाली काँग्रेसकै तर्फबाट सक्रिय हुँदा म जेल परेको थिएँ । र, मलाई सम्झना छ, त्यतिखेरका नेविसंघका सभापति हाम्रा अत्यन्तै अभिन्न मित्र हुनुहुन्थ्यो । उहाँले पश्चिमका सबै जिल्लाहरुको नेविसंघको संगठन विस्तारको जिम्मा मलाई दिनुभएको थियो ।’

सोही सन्दर्भमा आफू गोरखामा नेविसंघको सम्मेलन गर्न जाँदा अहिले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी प्रकाशमान सिंहकी श्रीमती सिर्जना त्यतिखेरै नेविसंघमा सक्रिय भएको पनि नारायणकाजीले बताउनुभएको छ । गोरखाको सम्मेलनमा त्यतिखेरै सिर्जनाले भाग लिएको पनि उहाँले कार्यक्रममा उल्लेख गर्नुभएको हो ।

टिप्पणीहरू