चर्को व्यस्ततामा पनि नेताहरुबीच भेटघाट जारी
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनको निम्ति विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुलाई विभिन्न कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई छ । त्यस्तो व्यस्तताका बाबजुद पनि उहाँहरुबीच भेटघाट र कुराकानी भइरहेको छ ।
हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
उहाँहरु सेनाको हेलिकप्टरमा बुटवल, जनकपुर र तनहुँमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जानुअघि बालुवाटारमा छलफलमा जुट्नुभएको हो । हिजो बिहान सवा ९ बजेदेखि सवा १० बजेसम्म उहाँहरुबीच भेटवार्ता भएको थियो ।
त्यसपछि उहाँहरु एउटै हेलिकप्टर चढेर त्यसतर्फ जानुभएको हो ।
टिप्पणीहरू