हँसिया हथौडामा आएको भोट बदर भएपछि माओवादी आगो,सुरक्षा तैनाथी बढाइयो
धरान उपमहानगर पालिकाको मत गणनास्थलमा लफडा भएको छ । आफ्ना उम्मेदवारलाई हराउन खोजिएको भन्दै गणनास्थल बाहिर माओवादी केन्द्रका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएपछि त्यहाँ लफडा मच्चिएको हो ।
मतपेटिकामा अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र बदर गर्ने गणनामा बसेका प्रतिनिधिले गरेको सहमतिको विरोधमा माओवादीका कार्यकर्ता चर्किएका हुन् । जसका कारण वडा नं. २० को मत गणना रोकिएको छ ।
बदर भनिएको मतपत्रमा १३ वटा हसिँया हथौडा र पाँच वटा रुखमा स्वस्तिक हानिएका थिए । आफ्नो पार्टीलाई आएको १३ भोट घटाएर हराइदिन खोजेको भन्दै असन्तुष्ट माओवादीका कार्यकर्ताले प्रदर्शन र नारावाजी गरेका हुन् । प्रदर्शनकारीले गणनास्थल बाहिर तोडफोडसमेत गरेको बताइएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताको बिरोधपछि अहिले गणना रोकिएको छ । मत गणनास्थलको सुरक्षाका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
टिप्पणीहरू