मधेशका धेरै पालिकामा कांग्रेस आयो
मधेश प्रदेशमा पनि सत्ता गठबन्धनको राज देखिएको छ । हालसम्मको विवरणअनुसार प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै प्रमुख र उपप्रमुख जितेको छ ।
प्रदेशभर कांग्रेसले २२ पालिका प्रमुख हात पारेको छ । त्यसैगरी, २४ पालिकाको उपप्रमुखमा निर्वाचित भएको छ ।
नेकपा एमालेले १४ प्रमुख र १२ उपप्रमुख, नेकपा माओवादीले पाँच प्रमुख र पाँच उपप्रमुख, नेकपा एकीकृत समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पद प्राप्त गरेको छ ।
यता,लोकतान्त्रिक समाजवादी पार्टीले दुई प्रमुख र एक उपप्रमुखमा विजय हासिल गरेको छ । १० प्रमुख र ११ उपप्रमुखमा जनता समाजवादी पार्टी आएको छ ।
यता,राष्ट्रिय जनमत पार्टीले १ प्रमुखमा आफ्नो ठाँउ सुनिश्चित गरेको छ ।
यसैगरी, वडाध्यक्षमा पनि कांग्रेस नै अगाडि देखिएको छ । कांग्रेसले २९२ वडाध्यक्ष हात पारेको छ । एमालेले १८८, माओवादीले १०३, समाजवादीले ५८, लोसपाले ६३, जसपाले १३३, तमलोपाले चार वडाध्यक्ष जितेको छ ।
१४ स्वतन्त्र, आठ जनमत, चार राप्रपा, एक जनता पार्टी, एक सुशासन पार्टी, दुई विवेकशील र एक लोकतान्त्रिक पार्टीको पोल्टामा परेको छ ।
मधेश प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सागरी आठवटा जिल्ला छन् ।

टिप्पणीहरू