हेटौंडामा कलमकी मिना फेरी अगाडि
हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीकी मिनाकुमारी लामाले फेरी अग्रता लिएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै मीनाले अग्रता लिएकी हुन् ।
मिनाले अहिलेसम्म १६ हजार ४७१ मत ल्याएकी छिन् भने एमालेका अन्नतप्रसाद पौडेलले १५ हजार ४०९ भोट पाएका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले १४ हजार ७४९ भोट प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानिया २३ हजार ८९७ मतसहित अग्र स्थानमा छन् । एमालेकी सुनिता काफ्ले १७ हजार २८० मतसहति दोस्रो स्थानमा छिन् । राप्रपाकी उम्मेदवार ईन्दीरा न्यौपाने तीन हजार ७०८ मतसहित तेस्रो स्थानमा छिन् ।
आज बिहानसम्म हेटौंडा उपमहानगरमा मेयरका तिनै जना उम्मेदवारले पालैपालो अग्रता लिइरहेका थिए ।
टिप्पणीहरू